• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु

  • खबरदाता

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु

चैत १६, २०८०, शुक्रवार

 

काठमाडौँ– महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ। महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतमा ललितपुरमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले भेलाको उद्घाटन गरेका छन्।

चैत २० गतेसम्म चल्ने उक्त मेलामा उद्यमी महिलाहरूद्वारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजीकरण गरिने छ। मेलाबाट उद्यमी महिलाहरूलाई व्यापार विस्तारको लागि पहुँच विस्तारमा मद्दत मिल्ने सङ्घकी अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

उनले भनिन्, ‘उद्यमी महिला आफैँले अन्य स्रोतबाट सिकेर होस या महासङ्घले सिकाएर, उद्यम व्यापार त गरिरहनु भएको छ। तर, मेलामा आफुजस्तै उद्यम गरेकाहरूले के कसरी गरेका छन्, आफू कहाँ चुकेको छु, थप राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरा साथिहरुको हेरेर पनि सिक्ने मौका पनि मिल्छ।’

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ र स्वदेशी उद्यमशिलतालाई प्रवद्र्धन गरौँ’ भन्ने मुल नाराका साथ महिला उद्यमीको क्षेत्रमा काम गर्दै आएको महिला उद्यमी महासङ्घले लामोसमयदेखि उद्यम गर्दै आएका, सिप तथा क्षमता भएका तर आर्थिक रुपमा कमजोर भएका महिला उद्यमीहरू जसलाई सहयोगको आवश्यकता छ उनीहरूका लागि मेलामा निःशुल्क स्टलको समेत व्यवस्था गरेको छ। महासङ्घको सीएसआर फण्डबाट १२ वटा स्टल निःशुल्क रहेको अध्यक्ष ज्ञवालीले बताइन्।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएको कारण उद्यमलाई विस्तार गर्न नसकेका महिला उद्यमीलाई आवश्यकता अनुसार ‘सिड्स मनि’ र क्षमता अनुसार अवसर पनि प्रदान पनि गरिने छ। अवलोनकका लागि कुनै पनि शुल्क नराखिएको र आफूले चाहेको सामान खरिद गर्न सकिने व्यवस्था पनि मेलामा गरिएको छ।

  • प्रकाशित मिति : चैत १६, २०८०, शुक्रवार १३:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८