• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चैत्र १५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

चैत्र १५ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

चैत १५, २०८०, बिहीवार

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत १५ गते तद्अनुसार सन् २०२४ मार्च २८ तारिख बिहीबार चैत्र कृष्ण तृतीया तिथि स्वाती नक्षत्र हर्षण योग बब करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१ मा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । नालायात्रा ।

आजको राशिफल

मेष – लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । शत्रु पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । प्रेमभाव बढ्नेछ । दाम्पत्यसुखमा रहनुहोला । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्नसक्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्नेछन् । नयाँ सामान खरिद गर्ने योग छ । आँट र आनन्द वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजन तपाईंको पक्षमा रहनेछन् ।

मिथुन – आजको दिन खासै राम्रै छैन, मनमा अनावश्यक डरले डेरा जमाउन सक्छ । गरेका कामहरु अधुरा रहन सक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य वादविवाद तथा झैझगडा पनि हुन सक्छ, सचेत रही बोली र व्यवहार गर्नु उचित हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । तपाईंको सुझबुझ र विवेकले समस्याको समाधान प्राप्त हुनसक्छ । यात्रागत कार्य सफल हुनेछ ।

कर्कट – मिश्रित परिणाम दिने समय छ । घर(परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउला । कामहरु अधुरै रहनाले मनमा खिन्न बन्न सक्छ । मित्रजन एवम् परिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउलान् । पैसाको कारोबार हुने योग छ । व्यस्तता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – आजको दिन रमाइलोसँग बित्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । नयाँ काम थाल्न चाहनेका लागि समय अनुकुल छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । पराक्रम र आरोग्यपन बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । दान पुण्यका कार्यमा आकर्षण रहला । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुनसक्छ । मित्रजनको साथ(सहयोगले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । पराक्रम र कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – मेहनत गरेअनुसारको फल नमिल्ने समय छ । काममा बाधा आउनुका साथै आर्थिक हानी हुनसक्छ । स्वास्थ्य कमजोर रहनुका साथै धननास हुने योग रहेकोले सजगभ इ व्यवहार गर्नु हितकर होला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ । यात्रागत कार्य लाभदायी सावित हुनेछ ।

वृश्चिक – प्रयासअनुसारको कार्य सफल हुनुका साथै परिआएका समस्याको हल हुने समय छ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउला । जाँगर बढ्नेछ । आफन्तको सहयोगले रोकिएका कामहरु बन्नेछन् । लगानी बढ्नेछ । मिहिनेतले सुखदायी परिणाम दर्शाउनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – समस्याहरु आफै किनारा लाग्ने समय छ । धैर्यताको मात्रा बढाउन सके नियमित कार्यमा थप राम्रो हुनसक्छ । परिश्रम खेर नजाला । प्रगतिको प्रशस्त सम्भावना छ । यात्राको योग पनि छ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – कर्मबल बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्राको लागि उचित समय रहेको छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्ला । परिवारमा हल्का विवाद हुन सक्छ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – सोचेअनुरुप काम नहुने र लेनदेनमा विवाद आइपर्ने समय छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुन सक्छ । खर्चको वृद्धिले गर्दा छटपटी बढ्न सक्छ । सामान्य अस्वस्थताले सताउला । प्रतिकुलताका बाबजुद मिठो भोजन प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आज त्यसै(त्यसै अलमल गराउने खालको समय छ । नियमित कार्यमा खासै मन नजान सक्छ । तथापि, आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रिएको प्रेमसम्बन्धमा केही सुधार आएपनि मन अशान्त नै रहन सक्छ । दौडधुप बढ्नेछ र अन्ततः समस्याको समाधान मिल्ने योग छ ।

  • प्रकाशित मिति : चैत १५, २०८०, बिहीवार ०७:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८