• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

भरतपुरको रामनगर प्रहरी चौकी अगाडी बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते

  • खबरदाता

भरतपुरको रामनगर प्रहरी चौकी अगाडी बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते

चैत १५, २०८०, बिहीवार

भरतपुरको रामनगरमा बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार आज बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त दुर्घटना भएको हो।

चेकजाँचको लागी रोकिराखेको झापाबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पडाडी सोहि दिशा तर्फ जाँदै गरेको ग २ ख २२५ नं. को हायस अनियन्त्रित भई ठक्कर खाइ नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर खाँदा हायसमा सवार ८ जना घाइते भएका हुन। निजहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

घाईतेहरुको विवरण

१-भरतपुर म.न.पा. ११ चितवन बस्ने बर्ष ४४ की मिना सापकोटा-टाउकोमा चोट गम्भिर ।
२- भरतपुर ५ बस्ने बर्ष ४० को केशर साह-टाकोमा चोट गम्भिर
३- भरतपुर २१ बस्ने बर्ष ४४ को मेकना तामाङ- सामान्य ।
४-भरतपुर १४ बस्ने बर्ष ५३ को हरिराम ढकाल-सामान्य ।
५-भरतपुर बस्ने बर्ष ५१ की धनुमाँया ढकाल- टाउकोमा चोट गम्भिर ।
६- भरतपुर २ बस्नेबर्ष ३० को काशी उपरकोटी- टाउकोमा चोट गम्भिर ।
७-भरतपुर २० बस्ने बर्ष ४७ को तुल ब. घले-सामान्य ।
८-सिरान्चोक गा.पा. १ गोरखा बस्ने बर्ष २६ की प्रिती रम्तेल-शरिरको बिभिन्न भागमा चोट मध्यम ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : चैत १५, २०८०, बिहीवार ०६:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८