• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

  • एजेन्सि

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

चैत १३, २०८०, मंगलवार 

 

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।

अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ुकेही व्यक्तिको मृत्यु भएको हुनसक्नेु बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।

उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।

  • प्रकाशित मिति : चैत १३, २०८०, मंगलवार १५:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८