• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या

  • खबरदाता

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या

चैत १२, २०८०, सोमवार

 

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको हत्या भएको छ।

गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुईजनाको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतक अन्दाजी २८ वर्षीय पूजन राई र रोबस राई छन्।

उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको एसपी सुवेदीले जानकारी दिए। राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीलाई जानकारी भएको थियो।

उक्त खबरपछि प्रहरीले राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ।

  • प्रकाशित मिति : चैत १२, २०८०, सोमवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८