• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

विनोद चौधरीमाथि सीआईबीले अघि बढायो अनुसन्धान

  • खबरदाता

विनोद चौधरीमाथि सीआईबीले अघि बढायो अनुसन्धान

चैत ७, २०८०, बुधवार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथिको अनुसन्धान अघि बढाएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो ।

पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएको थियो ।

  • प्रकाशित मिति : चैत ७, २०८०, बुधवार १८:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८