• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

कथाकार परशु प्रधानको निधन

  • खबरदाता

कथाकार परशु प्रधानको निधन

चैत ६, २०८०, मंगलवार

 

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए।

उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन्

  • प्रकाशित मिति : चैत ६, २०८०, मंगलवार ०८:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८