• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भोलिबाट वर्षा सुरु हुँदै, आज उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

  • खबरदाता

भोलिबाट वर्षा सुरु हुँदै, आज उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

चैत ५, २०८०, सोमवार

चितवन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान मधेस र कोसी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

भोलि (मंगलबार) भने देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

“मंगलबार र बुधबार देशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सरोज पुडाशैनीले भने, “कुनै नयाँ मौसमी प्रणाली विकास भएर होइन पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावकै कारण पानी पर्नेछ ।”

  • प्रकाशित मिति : चैत ५, २०८०, सोमवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८