• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024

भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी

  • खबरदाता

भरतपुरको एक घरमा विजुलीको तार सर्ट भई आगलागी

चैत ३, २०८०, शनिवार

 

भरतपुर महानगरपालिका–११ गुम्बा नजिकैको एउटा घरमा विजुलीको तार सर्ट भई आगलागी भएको छ ।

शुक्रबार राति ८ः१० बजेको समयमा स्थानीय हरकराज साहको टिनले छाएको एकतले कच्ची घरमा आगलागी भएको हो ।

स्थानीय र भरतपुर महानगरपालिकाको दुई वटा दमकलको सहयोगमा राति ८ः५५ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

आगलागीबाट मानविय तथा चौपाय क्षति नभएको उनले बताए । भौतिक क्षतिको थप विवरण आइसकेको छैन ।

  • प्रकाशित मिति : चैत ३, २०८०, शनिवार ०७:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८