• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024

सुन तस्करी प्रकरणमा पक्राउ परेका पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न भैरहवा लगियो

  • खबरदाता

सुन तस्करी प्रकरणमा पक्राउ परेका पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न भैरहवा लगियो

चैत ३, २०८०, शनिवार

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ । शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै भैरहवा लगिएको प्रहरीले जनाएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो ।

जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ ।

  • प्रकाशित मिति : चैत ३, २०८०, शनिवार ०७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८