• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा

  • खबरदाता

संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा

फागुन १७, २०८०

काठमाडौँ– संसद भवन छिरेर आन्दोलन गर्दा पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

काठमाडौ प्रहरी परिसरका प्रवक्त नवराज अधिकारीका अनुसार मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडिएको हो । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरू प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेका थिए । जबरजस्ती संसद् भवन प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

  • प्रकाशित मिति : फागुन १७, २०८०, बिहीवार १२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८