• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि उद्धार

  • खबरदाता

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि उद्धार

फागुन -१२, २०८०

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ । प्रहरीको विशेष टोलीले चोरी भएको बच्चा सूचना पाएको आठ घण्टापछि फेला पारेको हो ।

काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट बच्चाको उद्धार गरेको हो ।

सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

  • प्रकाशित मिति : फागुन १२, २०८०, शनिवार ०६:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८