• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

छोरालाई बाहिर पठाएर श्रीमतीसहित तीन जनाको हत्या

  • खबरदाता

छोरालाई बाहिर पठाएर श्रीमतीसहित तीन जनाको हत्या

फागुन -९, २०८०

 

काठमाडौँ । राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए ।

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।

बरु ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् ।

आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने उनीहरुबीच पारिवारित विवाद रहेको बताइएको छ । यस्तै काजीले ज्यामी काम गर्ने तथा अनुसन्धानका क्रममा श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिने मृत शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको छ । प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०८०, बुधवार १६:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८