फागुन ७,२०८०
चितवनमा ५ सय ४२ किलो गाँजा सहित २ वटा ट्रक र २ जना पक्राउ परेका छन।
चितवन प्रहरीले दिएको जानकारी अनुसार सोमबार बिहान ८ बजे राप्ती ३ स्थित पुर्ब पश्चिम् राजमार्गको झुरझुरेबाट उक्त परिणामको गाजा बरामद भएको हो।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलिले गाजा बोक्न प्रयोग गरिएको ना ३ ख ६१२२ नं। को ट्रक र ना ३ ख ७२४० नं. डिब्बा ट्रक पनि नियन्त्रणमा लिएको छ।
बरामद गरिएको गाजा धादिङ मकवानपुर र चितवनका पहाडी भागमा उत्पादन गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
साथै उक्त ना ३ ख ७२४० नं डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गा.पा. वडा नं.- ३ बस्ने बर्ष ३२ को रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार जिल्ला कपिलवस्तु बुद्धभुमी न।पा। वडा नं.- ४ बस्ने बर्ष २५ को खुशिराम थारुलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८