• फागुन २१, २०८०, सोमवार Monday, 04 March, 2024

वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

  • खबरदाता

वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

माघ- २९, २०८०

 

काठमाडौँ– चालु आर्थिक वर्षको फागुन महिनालाई लक्षित गर्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यो सँगै २० वटै वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुले फागुनका लागि ब्याजदर घटाएका छन् । तीन वटा सरकारी स्वामित्वका बैंक कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित, सिटिजन्स् बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने बाँकी तीनवटा बैंक एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाकै ब्याजदरको निरन्तरता दिएका छन् ।

फागुनका लागि सबैभन्दा बढी ब्याजदर हुनेमा सिटिजन्स बैंक रहेको छ । जसको ब्याजदर ९।१५ प्रतिशत छ । ब्याजदर बढी हुनेमध्येको अर्को बैंक एनएमबी बैंक रहेको छ । जसले फागुनका लागि ९ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै ब्याजदर बढी हुने मध्येको बैंकमा तेस्रोमा नेपाल एसबिआई बैंक रहेको छ । जसले फागुनका लागि ८.२५ प्रतिशत ब्याजदर तोकेको छ । फागुनका लागि नयाँ ब्याजदर तोक्ने बैंकहरुमा हिमालयन र सानिमा बैंक रहेका छन् । जसमा दुबै बैंकको ब्याजदर ८.१५ प्रतिशत छ ।

एनआईसी एसिया बैंकले नयाँ ब्याजदर ८.०६५ प्रतिशत निर्धारण गरेको छ । त्यस्तै सिद्धार्थ बैंकले ८.१ प्रतिशत ब्याजदर तोकेको छ । फागुनका लागि प्रभु बैंकले ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले फागुनका लागि ८.०७ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले फागुनका लागि ८.०७ प्रतिशत ब्याजदर कायम गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ ब्याजदर ८.६ प्रतिशत छ । नबिल बैंकले फागुनका लागि ८.१ प्रतिशत ब्याजदर तोकेको छ ।

ग्लोबल आईएमई बैंक र प्राइम कमर्सयिल बैंकले फागुनका लागि ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । कुमारी बैंकले फागुनका लागि ८.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै नेपाल बैंकले फागुनका लागि ८ प्रतिशत ब्याजदर तोकेको छ ।

नयाँ ब्याजदर अनुसार सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । यस बैंकले आफ्नो नयाँ ब्याजदर ७.२६ प्रतिशत तोकेको छ । एभरेष्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले भने माघको ८ प्रतिशत ब्याजदरलाई नै फागुनका लागि कायम राखेका छन् ।

 

  • प्रकाशित मिति : माघ २९, २०८०, सोमवार १३:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८