• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024

सुत्केरीको पेटभित्र कपडा

  • खबरदाता

सुत्केरीको पेटभित्र कपडा

माघ २५, २०८०

संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो ।

सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार-पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो ।

भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • प्रकाशित मिति : माघ २५, २०८०, बिहीवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८