• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

माघ १५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

  • खबरदाता

माघ १५ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य

माघ -१५, २०८०

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० माघ १५ गते तद्अनुसार सन् २०२४ जनवरी २९ तारीख सोमबार माघकृष्णपक्ष चतुर्थी तिथि पूर्वाफाल्गुणी नक्षत्र शोभन योग बब करण आनन्दादिमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः४० बजे हुनेछ । काशीमा बडा गणेश उत्सव ।

आजको राशिफल

मेष – आजको दिन केही चुनौतीयुक्त अवस्था झेल्नुपर्ने देखिन्छ, होसियारीसाथ काम लिने प्रयत्न गर्नु हितकर होला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्ने तथा आफ्नै कमजोरीले मित्रजन टाढिन सक्ने योग छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । सन्तानसुख भने बढ्नेछ । प्रेमभाव वृद्धि होला । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्ने समय छ । एउटै कार्यमा पटक पटक मिहेनत गर्नुपर्ला । आलोचकहरूले सताउने तथा आक्षेप लगाउनेहरू सक्रिय होलान् । जिम्मेवारी बढ्नेछ तर सहयोग गर्नेहरू कमै भेटिनेछन् । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम सफलतादायी छ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – दिन शुभदायी छ । पराक्रम वृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ भने विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारीको काममा राम्रै फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । मन प्रशन्न रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने योग छ ।

कर्कट – आजको दिन उत्साहवर्द्धक रहला । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर मिल्नुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सार्वजनिक काममा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – प्रयास गर्दागर्दै पनि समयमा काम पूरा नहुन सक्छ, तर हतोत्साहित हुनु जरुरत छैन । आजको दिन खर्च केही बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । निरर्थक आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। सावधान रहनुहोला । समयलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी रहन सक्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । व्यापारमा फाइदा होला । प्रतिस्पर्धी परास्त होलान् । तथापि, दिनको पछिल्लो प्रहर परिस्थिति केही प्रतिकूल बन्ने योग छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यक्तिगत फाइदाको पछि लाग्दा मित्रजनसँगको सम्बन्ध बिग्रन सक्छ, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउला । श्रमको उचित मूल्यांकन हुनुका साथै आजको कामबाट राम्रै धनलाभ हुन सक्छ । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । सहयोगीहरूले उत्साह जगाउनेछन् । आयबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ । तार्किक क्षमता बढ्ने तथा अध्ययनरअध्यापनमा प्रगति हुने समय छ । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तापनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आजको दिन भौतिक साधनप्रति भने त्यत्ति भरोसा नगर्नु हितकर होला । व्यावसायिक काममा खर्च बढ्ने योग छ । मान महत्व वृद्धि होला । रोकिएको काम बन्नेछ ।

धनु – आजको दिन काममा केही चुनौती देखापर्न सक्छ तर मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सचेत रहनुहोला । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुन सक्छ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – जोखिम बढ्नेछ । सजग रहँदारहँदै पनि काम बिग्रने डरले सताउला,, धैर्य राख्नु हितकर हुनेछ । व्यवसायमा सामान्य समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा लैजान सक्छ ।तर आफ्नै प्रयासले समस्याको समाधान निस्कने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – समय शुभदायी छ । आयआर्जन बढ्ने तथा उठ्नुपर्ने रकम पनि हातलागी हुने समय छ शुभचिन्तकहरूको सहयोग जुट्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तपाईंको कामले राम्रै लाभ दिलाउने योग छ । मित्रजनको साथ रहला । स्वस्थ्य पनि सवल रहनेछ । दाम्पत्य सुख वृद्धि हुनेछ ।

मीन – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । मुख्य काममा बाधा परेपनि नयाँ कामको प्रस्ताव आउने योग छ । सानातिना घरेलु काममा अल्झनुपर्दा मन खिन्न रहला । आरोग्यता रहनेछ, आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

  • प्रकाशित मिति : माघ १५, २०८०, सोमवार ०७:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८