• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

  • खबरदाता

सङ्खुवासभामा आगलागीबाट २० लाखको क्षति

माघ -१२, २०८०

किमाथाङ्का -सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ ।

आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर जलेर नष्ट भएको वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए।

आगलागीबाट करिब रु २० लाखबराबरको क्षति भएको वडाध्यक्ष शेर्पाले बताए ।

आगलागीबाट दुई तोला सुन, रु दुई लाख नगद, अन्न, लत्ताकपडासहितका सामान जलेर नष्ट भएको वडाध्यक्ष शेर्पाले बताए ।

गए राति खाना पकाउने ठाउँबाट सल्किएर आगो लागेको थियो ।

  • प्रकाशित मिति : माघ १२, २०८०, शुक्रवार १९:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८