माघ -९, २०८०
काठमाडौं । प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् । योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ ।
सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका छन् । हमासविरुद्ध सैन्य अभियान जारी राखेको इजरायललाई सोमबारको दिन घातक बनेको जनाइएको छ ।
हजारीका अनुसार, इजरायली सेना रहेको भवनमा हमासले रकेट आक्रमण गर्दा उनीहरू मारिएका हुन् । घटनाबारे जानकारी लिने कार्य भइरहेको उनले जनाएका छन् ।
गएको अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ ।
हमासको आक्रमणमा परी अक्टोबर ७ मा एक हजार ३०० इजरायलीको मृत्यु भएको थियो । त्यसपछि इजरायली सेनाले गरेको आक्रमणमा हालसम्म २५ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ । बीबीसीबाट ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८