• फागुन २१, २०८०, सोमवार Monday, 04 March, 2024

जसले ३२ वर्षअघि १६ हजार रुपैयाँमा महिला बेचेका थिए

  • खबरदाता

जसले ३२ वर्षअघि १६ हजार रुपैयाँमा महिला बेचेका थिए

माघ ४, २०८०

 

काठमाडौं । मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको मेत्रावती गाउँपालिका–२ का ५७ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोका अनुसार तामाङले पीडित महिलालाई ब्रुनाई आश्वासन दिएर २०४७ साल चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याएका थिए । तामाङले पीडितका श्रीमान् ब्रुनाईमा रोजगारीमा रहेका बेला ुतिम्रो श्रीमान्‌ले ब्रुनाई ल्याइदिन भनेर मलाई चिठ्ठी पठाएकोु बताएर झुक्याएका थिए ।

त्यसपछि उनले पीडितलाई पश्चिम बंगालको बागडोग्रा भारतीय नागरिकलाई बेचबिखन गरेका थिए । बेचबिखनका क्रममा उनले पीडितलाई एक अनजान व्यक्तिको घरमा पुर्‍याएका थिए । उक्त घरका दुईजना अपरिचित भारतीय नागरिकको जिम्मा छाडेर आफू भोलि आउने बताएर तामाङ छोडेर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तामाङले भारतीय नागरिकबाट १६ हजार (भारु १० हजार) रुपैयाँ लिएर पीडितलाई बेचेको खुलेको ब्युरोले जनाएको छ ।

बेचबिखनमा संलग्न भारतीय नागरिकले पीडितलाई रिक्सामा राखेर लैजाने क्रममा पीडित रिक्साबाट हाम फालेर नजिकैको भारतीय प्रहरीको सम्पर्कमा गएकी थिइन् । भारतीय प्रहरीले काकरभिट्टा ल्याएर छोडिदिएको थियो ।

उनै तामाङलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको हो । ब्युरोबाट खटिएको टोलीले बुधबार ललितपुर महानगरपालिका–१४ स्थित तिखेदेवलमा पक्राउ गरेको हो । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजतलास भइरहेको ब्युरोले जनाएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय लिएर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

  • प्रकाशित मिति : माघ ४, २०८०, बिहीवार १९:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८