• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

सन्दीप लामिछानेलाई सजाय निर्धारण : धरौटीबाटै काटिन्छ जरिबाना र क्षतिपूर्ति

  • खबरदाता

सन्दीप लामिछानेलाई सजाय निर्धारण : धरौटीबाटै काटिन्छ जरिबाना र क्षतिपूर्ति

पुस २५, २०८०

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद र तीन लाख जरिबानासहित थप दुई लाख पीडितलाई क्षतिपूर्ति हुने सजाय निर्धारण गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ लाई बालिग ठहर गर्दै जबरजस्ती करणीमा आठ वर्ष कैद हुने सजाय निर्धारण गरेको हो ।

लामिछाने जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा पठाएपछि उच्च अदालत पाटनको २० लाख धरौटीमा छोड्ने आदेशबाट थुनामुक्त भएका थिए । लामिछानेका लागि अहिले निर्धारण भएको तीन लाख जरिबाना र थप दुई लाख क्षतिपूर्ति रकम त्यही धरौटी राखेको रकमबाट काटिने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

उक्त रकम लामिछाने पुनरावेदन गए भुक्तानीका लागि उच्च अदालतको आदेश कुर्नुपर्ने वा नपर्ने विषय भने फैसलाको पूर्णपाठ आएपछि मात्र स्पष्ट हुने उनले बताए । लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा जान भने जिल्ला अदालतको फैसलाको पूर्ण पाठ कुर्नुपर्ने हुन्छ ।

  • प्रकाशित मिति : पुस २५, २०८०, बुधवार २०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८