• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्लाहीमा गोली चल्यो, एकजना गम्भीर घाइते

  • खबरदाता

सर्लाहीमा गोली चल्यो, एकजना गम्भीर घाइते

पुस- २०, २०८०

 

सर्लाहीमा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो ।

सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए ।

उनले भने, ‘एकजनागम्भीर घाइते भएको सूचना आएको छ, प्रदर्शनकारीका कारण प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन ।’

  • प्रकाशित मिति : पुस २०, २०८०, शुक्रवार १६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८