• वैशाख २४, २०८१, सोमवार Monday, 06 May, 2024

जापानमा अवतरणका क्रममा विमान जलेर ध्वस्त, पाँचजना बेपत्ता

  • खबरदाता

जापानमा अवतरणका क्रममा विमान जलेर ध्वस्त, पाँचजना बेपत्ता

पुस १७, २०८०

काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको हो । आगलागी हुँदा विमान जलेर ध्वस्त भएको छ ।

मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा रहेका पाँचजना बेपत्ता भएको बताइएको छ । विमानमा सवार एक व्यक्ति भागेको र अन्य पाँचजना बेपत्ता भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।

रोयटर्सका अनुसार भूकम्प प्रभावित नोटो प्रायद्वीपमा सहायता पुर्‍याउन निगाटा एयरपोर्ट जाने क्रममा आगलागी भएको बताएको छ ।

नाटो क्षेत्रमा केन्द्रविन्दु बनाएर सोमबार भूकम्प गएको थियो । भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ । घटना हुँदा विमानमा यात्री सवार थिए ।

जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ । कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ ।

विमानमा सवार ३७९ यात्रु र चालक दलका सबै सदस्यलाई बाहिर निकालिएको बताइएको छ । घटनास्थलबाट भीषण आगलागीले विमान पूर्णरूपले ध्वस्त भएको तस्बिर सार्वजनिक भइरहेको छ ।

  • प्रकाशित मिति : पुस १७, २०८०, मंगलवार १७:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८