• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

चितवनका लायन्स क्लबले गोरखामा गरे स्वास्थ्य शिविर , आठ सय बढी लाभान्वित

  • खबरदाता

चितवनका लायन्स क्लबले गोरखामा गरे स्वास्थ्य शिविर , आठ सय बढी लाभान्वित

पुस – १५,२०८०

 

 

गोरखा – लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालिका गोर्खाको संयुक्त आयोजनामा शनिबार नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ चितवन चौतारी लगायतका अन्य १३ क्लब एंव काेसिस क्यान्सर सेन्टर भरतपुर, आईरिस फार्मेसी भरतपुर, शहिद लखन गाँउ पालिका वडा नं- ९ तथा नामजुङ्ग स्वास्थ्य चौकीले सो शिविरमा सहयोग पुर्‍याएका थिए ।

निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिरमा २७ जना चिकित्सकहरुले स्वास्थ्य परामर्श प्रदान गरेका थिए । शिबिरमा स्त्री तथा प्रसुती रोग,मुत्र तथा मृगौला रोग, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, मुटुरोग, सामान्य चिकित्सा (फिजिसिएन), रेडियोलोजी, नाँक, कान तथा घाटी, मुटु रोगका बिरामीहरुलाई निःशुल्क औषधी समेत प्रदान गरिएको थियो ।

१७३ जनाको आँखा परिक्षण गरिएको शिबिरमा मुत्र तथा मृगौला रोग एवं फिजिसियन तथा मुटु रोग सम्बन्धि सेवा १६९ जनालाई प्रदान गरिएको थियो । १६३ जनाले हाड जोर्नी तथा नसा रोग सम्बन्धि सेवा लिएका थिए। त्यसैगरी ५४ जनाले सर्जिकल सेवा, ९२ जनाले स्त्री तथा प्रसुती सम्बन्धि र २८ जनाले नाँक, कान तथा घाटी रोग बिशेषज्ञबाट सेवा लिएको जनाइएको छ । यस्तै २५२ जनाको मघुमेह परिक्षण, ३१ जनाको मुटुको भिडियो एक्सरे (ईको), ९१ जनाको भिडियो एक्सरे गरिएको थियो । ७३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण (भिआए) गरिएको लायन्स क्लब अफ चितवन अतुल्यका सचिब डा कृपेश थापाले जाकारी दिए ।

शिबिरको उद्घाटन गर्दै शहिद लखन गाँउ पालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बिशेषज्ञ स्वास्थ्य शिबिर अन्य शिबिर भन्दा फरक हुने आफुले अनुभब गरेको बताउदै आफ्नो ठाउँमा यो शिबिर सञ्चालन गर्न पाउँदा स्थानिय नागरिकलाई धेरै लाभ पुगेको बताए। उनले यो शिबिर सञ्चालन गर्न लायनहरुले ठुलो खर्च गरेको बताउँदै स्वास्थ्य परामर्शका लागि हतार नगरी बिशेषज्ञसँग समय लिएर लाभ लिन समेत अनुरोध गरे।

कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर लायन दिनानाथ न्यौपाने, शहिद लखन गाँउ पालिकाका उपाध्यक्ष ईन्दिरा तिवारी, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका पुर्व डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट, एक्जुकेटिभ चिफ प्रभाकर पण्डित, एक्जुकेटिभ को–चिफ पूर्णप्रसाद शर्मा, डिष्ट्रिक को–चिफ बिनोद पन्त, क्लष्टर नं ३ का प्रमुख सुरज पाठक, रिजोन चियर पर्सन डा गंगा सापकोटा, भक्तीप्रसाद भुषाल , जोन चियर पर्सन कपिल सुवेदी, डिष्ट्रिक प्रोग्राम मेम्वर डा भावना बाग्ले, डिष्ट्रिक चेयर पर्सन डा शुसिल अधिकारी, बिभिन्न लायन्स क्लबका अध्यक्ष पदाधिकारी एंव सदस्यहरु, शहिद लखन गाँउ पालिका वडा नं -९ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

लायन डा. बिधान थापा, लायन डा बिमान थापा, लायन उषा भण्डारी र लायन जिवन पौडेलले संयोजन गरेको कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिकी अध्यक्ष लायन डा. सरिता राना गुरुङ्गले गरेकी थिइन।

  • प्रकाशित मिति : पुस १५, २०८०, आइतवार १४:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८