पुस – ७,२०८०
नारायणी नदिको पुलबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको जनकपुर ५ घर भइ हाल भरतपुर-१० बस्दै आएकी बर्ष ३१ कि संगिता कुमारी शाह भएको प्रहरीले जनाएको छ।
प्रहरीले जनाए अनुसार निजले शुक्रवार बिहान ११:४० बजे भरतपुर -३ पुलचोक स्थित नारायणी पुलबाट हामफालेकी थिइन।
विपद सहिदको प्रहरी टोलि र स्थानीय मोटर बोर्डद्वारा तत्काल उद्दार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाईएकोमा निजको उपचारका क्रममा १२:३५ बजे मृत्यु भएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८