• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

मैयादेवी श्रेष्ठ स्मृति महिला टी २० क्रिकेट माघको दोस्रो साता हुने

  • खबरदाता

मैयादेवी श्रेष्ठ स्मृति महिला टी २० क्रिकेट माघको दोस्रो साता हुने

पुस ५, २०८०

 

चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए ।

प्रतियोगितामा सात वटै प्रदेशबाट गरी १०० बढी यू १९ महिला खेलाडीको सहभागीता रहने महासचिव सुवोध प्रधानले बताए । प्रतियोगिता माघको १५ गतेदेखि २७ गते सम्म आयोजना हुने छ ।

सन् २०२४ मा नेपालमा हुन गईरहेको विश्वकपको एसिया कप छनोटलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने लोकतान्त्रिक खेलकुद संघले विश्वास लिएको छ ।

 

  • प्रकाशित मिति : पुस ५, २०८०, बिहीवार १६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८