• माघ ८, २०८१, मंगलवार Tuesday, 21 January, 2025

हात्ती आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु

  • खबरदाता

हात्ती आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु

पुस ५, २०८०

 

डेढ महिनायता बढ्यो झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी
एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । बुधबार बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ । मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उनलाई हात्तीले कुल्चेर मारेको हो ।

यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए ।

त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका(२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् ।

डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।

  • प्रकाशित मिति : पुस ५, २०८०, बिहीवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८