• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

नोभेम्बरमा एक लाख आठ हजार पर्यटक भित्रिए

  • खबरदाता

नोभेम्बरमा एक लाख आठ हजार पर्यटक भित्रिए

मंसिर १५, २०८०

काठमाडौं । नेपालमा नोभेम्बर महिनामा एक लाखबढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नोभेम्बरमा एक लाख आठ हजार ६३० पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल आएका थिए । सो समयको तुलनामा पर्यटक आगमन ८३.३६ प्रतिशतले रिकभर भएको बोर्डले जनाएको छ ।

२०२० को नोभेम्बरमा एक हजार ९५६, २०२१ को सोही महिनामा २६ हजार १३५ र २०२२ नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए ।

सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । यस महिनामा २४ हजार ४४३ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि यूएसएबाट ११ हजार ४६१ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

चीन तेस्रो स्थानमा रहेको छ । चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका छन् । बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२ पर्यटक नेपाल आएका छन्।

  • प्रकाशित मिति : मंसिर १५, २०८०, शुक्रवार १४:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८