• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

इजरायल र हमासबिच युद्धविराम एक दिन थप

  • एजेन्सि

इजरायल र हमासबिच युद्धविराम एक दिन थप

मंसिर १४, २०८०

तेलअभिभ -इजरायल र हमासले दुई पक्षबिच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको हो।

यसैबिच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौँ दिनमा पनि लागू हुने जनाएको समाचार एजेन्सी रोयटर्सको समाचारमा उल्लेख छ ।

हमास र इजरायलबिच बन्धकहरूलाई लिएर भएको सम्झौता गत शुक्रबारदेखि लागू भएको थियो । जसअन्तर्गत हमासले केही इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलबाट केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिरहेको छ।

यस अवधिमा युद्धविराम लागू हुन्छ। साथै, सहायता र अत्यावश्यक औषधिले भरिएका ट्रकहरू गाजा प्रवेश गरिरहेका छन्। यो युद्धविरामको आज छैटौँ दिन हो ।

  • प्रकाशित मिति : मंसिर १४, २०८०, बिहीवार १४:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८