• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

१५ लाखसहित काठमाडौंबाट युवक पक्राउ

  • खबरदाता

१५ लाखसहित काठमाडौंबाट युवक पक्राउ

मंसिर ११, २०८०

काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौं महानगरपालिका–१४, बल्खुबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंकै सतुंगलमा डेरा गरी बस्दै आएका भारतको मोतिहारीका २२ वर्षीय हामित खान छन् ।

स्रोत नखुलेको १५ लाख ८४ हजार ५०० रुपैयाँसहित आइतबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी बा।प्र।०२–१७ प ९७५१ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरी प्रभाग बल्खुबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

  • प्रकाशित मिति : मंसिर ११, २०८०, सोमवार १३:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८