• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुन्तला अड्किएर तीनवर्षीय शिशुको मृत्यु

  • खबरदाता

सुन्तला अड्किएर तीनवर्षीय शिशुको मृत्यु

मंसिर ७, २०८०

 

गुल्मीमा सुन्तला खाँदा अड्किएर तीनवर्षीय शिशुको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका– ५ छापहिलेको छाप रांलाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

मालिका गाउँपालिकाको छापरांला स्थायी घर भएका कमल ठकुरीकी श्रीमती कोपिला छोरासँगै तम्घास मिलनचोक भाडाको कोठामा बस्दै आएकी थिइन्।

बिहीबार दिउँसो साढे १ बजे आमाछोरा घरको छतमा बसेर सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा दुई केस्रा सुन्तला अड्किएको र सास फेर्न गाह्रो भएपछि शिशुलाई उपचारका लागि गुल्मी अस्पतालमा पुर्‍याइएको थियो। अस्पताल ल्याएको एक घण्टापछि उनलाई मृत घोषणा गरिएको थियो।

  • प्रकाशित मिति : मंसिर ७, २०८०, बिहीवार १९:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८