• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

भरतपुरमा बोराभित्र भेटियो महिला र पुरूषको शव

  • खबरदाता

भरतपुरमा बोराभित्र भेटियो महिला र पुरूषको शव

मंसिर ६, २०८०

 

बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।

‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’

उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए। शवको सनाखत भइसकेको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। शवको सनाखत हुन बाँकी छ। पोष्टमर्टमको लागि दुबै शव भरतपुर अस्पतालमा लगिएको छ।

  • प्रकाशित मिति : मंसिर ६, २०८०, बुधवार १६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८