कात्तिक २२, २०८०
जनकपुरधाम- सर्लाहीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका- ८, सिसौटियामा गएराति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक एवं चालक गोडैता( ७ का ४० वर्षीय अशेश्वर पटेल र सहचालक गोडैता- ८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।
सहचालकको घटनास्थलमै र चालकलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए।
यस्तै, दुर्घटनामा गोडैता- ८ बस्ने २० वर्षीय रूपेश महतो र रौतहटको परोहा नगरपालिका- ८ बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८