• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

  • खबरदाता

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

कात्तिक २०, २०८०

काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ ।

कामपा शिक्षा विभागका अधिकारीसीताराम कोइरालाले मसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिए । कमपाको शिक्षा ऐन २०७५ ९संशोधनसहित० को दपत्र २९ ९क० बमोजिम विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आह्वान गरेको शिक्षा अधिकारी कोइरालाले जानकारी दिए ।

विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुत्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो । प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्ने प्रावधान राखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

 

  • प्रकाशित मिति : कात्तिक २०, २०८०, सोमवार ०६:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८