• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

धनगढीबाट मुक्तिनाथ तिर्थयात्रा हिंडेका दुईजना देवघाटमा बेपत्ता

  • खबरदाता

धनगढीबाट मुक्तिनाथ तिर्थयात्रा हिंडेका दुईजना देवघाटमा बेपत्ता

असोज ११,२०८०

 

भरतपुर – धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका दुइजना देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन।

बेपत्ता हुने वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा आएको जनाइएको छ।

बिहीबार बिहान ७ बजेको समयमा देवभाट स्थिति कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको हो।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।

नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तिर्थालुहरू भने सकुशल रहेको उनले बताए। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताए। दुबै जनाको प्रहरी टोलीबाट खोजी भइरहेको बताइएको छ।

  • प्रकाशित मिति : असोज ११, २०८०, बिहीवार ०९:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८