• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

गैह्रीगाउँ हत्याकाण्ड : थप १ जना पक्राउ

  • खबरदाता

गैह्रीगाउँ हत्याकाण्ड : थप १ जना पक्राउ

भदौ ३१, २०८०

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि दिपेन्द्र राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

आइतबार थप एकजना शंकास्पदलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले  बताए । पक्राउ गरिएका आरोपितको विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

हत्यामा संलग्न शंकित व्यक्ति कोटेश्वर हुँदै पेप्सिकोलातर्फ गएको सीसीटीभीमा देखिएको छ । झोला बोकेर पेप्सिकोलास्थित खहरेसम्म उनी पुगेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए ।

शुक्रवार मध्यराति गैह्रिगाउँस्थित दिब्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई छन् ।

उनीहरुको टाउको र शरिरका विभिन्न घागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

  • प्रकाशित मिति : भदौ ३१, २०८०, आइतवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८