• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियुका दुई नेताको निधन

  • खबरदाता

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियुका दुई नेताको निधन

भदौ ३०, २०८०

 

चौतारा । सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ ।

मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो ।

दुर्घटनामा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङकोनिधन भएको हो ।

खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ ।

टयाङकर र चालकलाई बनदेउ प्रहरीले नियन्त्रणमा राखेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०८०, शनिवार १६:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८