• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

काठमाडौँको गैह्रीगाउँमा २ महिला र २ पुरुषको हत्या

  • खबरदाता

काठमाडौँको गैह्रीगाउँमा २ महिला र २ पुरुषको हत्या

भदौ ३०, २०८०

 

काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । उनले भने–‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।’

हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

  • प्रकाशित मिति : भदौ ३०, २०८०, शनिवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८