• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज राष्ट्रिय बाल दिवस

  • खबरदाता

आज राष्ट्रिय बाल दिवस

भदौ २९, २०८०

 

 

चितवन। आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। यो वर्ष ‘सुनिश्चित बाल अधिकार स् समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ।

रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आएकि थिन। यसै आशय बाट प्रेरित भई उनको आफ्नो जन्म दिन भाद्र ४ मा राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो । विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।

नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना सन्देश जारी गर्दै संविधान र कानुनले प्रत्याभुत गरेका बालबालिकाका अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बालअधिकारको क्षेत्रमा अझ बढि सफलता हाँसिल गर्न आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुन सबै पक्षलाई आह्वान गरेका छन्।वर्ष २०८० मा ५९ औँ बाल दिवस मनाइँदै छ ।

  • प्रकाशित मिति : भदौ २९, २०८०, शुक्रवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८