• वैशाख ४, २०८१, मंगलवार Tuesday, 16 April, 2024

चितवनको भण्डारामा दुई ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

  • खबरदाता

चितवनको भण्डारामा दुई ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

भदौ २३,२०८०

 

चितवनको भण्डारामा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार सनिवार बिहान ६:२५ बजेको समयमा राप्ती न.पा.- ३ झुरझुरेको बासुकी पेट्रोल पम्प अगाडि भण्डाराबाट पुर्ब तर्फ जाँदै गरेको प्र.२-३-००२ ख ५६०९ नम्बरको ट्रक र बिपरित दिशा तर्फ आउदै गरेको ना ३ ख ५४८८ न. को ट्रक एकआपसमा ठक्कर खाएका हुन।

ना३ख ५४८८ को ट्रक चालक जिल्ला गैडाकोट १ नवलपुर बस्ने बर्ष ४३ को प्रकाश कुंवरको उपचारका पुरानो मेडिकल कलेजमा ७:१५ बजे मृत्यु भएकोहो।

यस्तै प्र.२-३-००२ ख ५६०९ नम्बरको चालक बरा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मी र सहचालक बौधिमाई २ रौतहट बस्ने बर्ष १८ को रबिन कुमार यादबको उपचार भइरहेको छ।

  • प्रकाशित मिति : भदौ २३, २०८०, शनिवार ०८:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८