भदौ १४, २०८०
मुग्लिन-नारायणघाट सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।
नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि आज बिहानदेखि सो सडकखण्ड एकतर्फी सञ्चालनमा थियो।
केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरका सिनियर डिभिजनल इन्जिनियर रमेश प्रसाद पौडेलले जानकारी दिए।
पहिरोका कारण करिब २ घन्टा सवारी आवागमन प्रभावित भएको थियो। त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको थियो।
तत्कालै मेसिन प्रयोग गरी पहिरो पन्छाइएको थियो। दुई घन्टादेखि सवारी एकतर्फी सञ्चालन हुँदा त्यस क्षेत्रमा सवारी साधनको चाप बढेको थियो।
‘अब आधा घन्टामा सवारी आवागमन सामान्य हुन्छ,’ पौडेलले भने।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८