भदौ १२,२०८०
चितवन । पुर्बेली समाज चितवनले आफ्नो १७ औं स्थापम्ना दिवस मनाएको छ।
सोमबार भरतपुरमा एक कार्यक्रम गरि समाजले आफ्नो स्थापना दिवस मनाएको हो। सो अबसरमा समाजले सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई सम्मान समेत गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापा प्रमुख अतिथि रहेको सो कार्यक्रममा भट्टराई र गुरुङलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
प्रजिअ थापाले आफु सुदुरपश्चिम्को मान्छे चितवन आउँदै गर्दा सुदुर पुर्बेलि समुहको कार्यक्रममा सरिक हुन पाउदा सुखद अनुभुति भएको बताए । उनले चितवन देसैभरका मानिसहरु बसोबास गर्ने भएकाले विविधतायुक्त जिल्ला भएको बताए। जन्मस्थान जहाँ भए पनि कर्मथलोमा रहेरै शान्ति र समृद्द समाज निर्माणमा योगदान दिनुपर्नेमा उनले जोड दिए।
सस्थापक अध्यक्ष डा भट्टराईले स्थापनाका क्रममा १०,१२ जना सदस्यबाट सुरु भएको समाज अहिले सयौमा पुगेको उल्लेख गरे । समाजले पुर्बेली कला सस्कृतिलाई बिस्तार गर्दै बिभिन्न सामाजिक कार्यमा जोड दिदै आएको बताए।
कार्यक्रममा कृषि तथा बन बिज्ञान बिश्वबिध्यालयका रजिस्टार डा सारदा थपलिया, समाजका सल्लाहकार पदम ब गुरुङ,गायत्री देबि श्रेष्ठ लगायले मन्तव्य राखेका थिए । समाजका अध्यक्ष तेज प्रसाद चुडालले समाजले बिगतदेखिनै विभिन्न सामाजिक कार्यक्रम गर्दैआइरहेको स्मरण गर्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने बताए।
पुर्बेली समाज नेपालको पुर्बी जिल्लाहरु झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरुबाट विभिन्न समयमा चितवनमा आएर बसोबास गर्ने तथा कर्मथलो बनाउदै आएका पुर्बेलिहरुको सामाजिक सस्था हो ।
समाजले पुर्बेलिहरुलाई एउटै मालामा जोड्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । समाजले समस्यामा परेका पुर्बेलिहरुलाई सहयोग तथा समन्वय गर्दै आइरहेको छ।
कार्यक्रमको सहजीकरण पदम प्रसाद अर्यालले गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८