भदौ ९,२०८०
भरतपुर – पिकनिक खान गएका भरतपुरका दुई युवालाइ त्रिशुलिले बगाउँदा बेपत्ता भएका छन।
बेपत्ता हुनेमा भरतपुर १० सप्तगण्डकी चोक बस्ने बर्ष ३० का अर्जुन प्रधान र प्रबिण श्रेष्ठ रहेका छन।
प्रहरीले जनाए अनुसार भरतपुर – २९ गाईघाट स्थित त्रिशुली नदी किनारमा पिकनिक खान गएका मध्ये श्रेष्ठ र प्रधानलाई नदिले बगाएको हो। निजहरु मुख धुने क्रममा चिप्लिएर त्रिशुली नदिमा खसेको प्रहरीले जनाएको छ।
अहिले निजहरुको खोजिकार्य भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८