• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024

डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

  • खबरदाता

डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

साउन २६, २०८०

काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।

प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।

शर्मालाई बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ गरेको थियो । यो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको बताइएको छ ।

  • प्रकाशित मिति : साउन २६, २०८०, शुक्रवार १९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८