• जेठ ५, २०८१, शनिवार Saturday, 18 May, 2024

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

  • रासस

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

साउन २६, २०८०

 

 

जलेश्वर, २६ साउन । महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो ।

गए राति बिपी राजमार्गअन्तर्गत बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्र०१–०२६च ५६४३ नंको जिपले बर्दिबास–३ गुञ्ज होटल अगाडि बाटो काट्दै गरेका बर्दिबास–३ गौरीबासका ७२ वर्षीय रामबाबु मोक्तानलाई ठक्कर दिएको थियो । उनको जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

यस्तै पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिबास–४ स्थित भब्सीपुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७१५३ नंको जिपले बाटो काट्दै गरेका पैदलयात्री महोत्तरी गाउँपालिका–६ गोनरपुराका ५९ वर्षीय जगदीश साहलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको बर्दिबास सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

  • प्रकाशित मिति : साउन २६, २०८०, शुक्रवार ११:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८