• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते

  • खबरदाता

बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते

साउन ९,२०८०

 

भरतपुर – बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन।

प्रहरीले जनाए अनुसार मंगलबार बिहान ७स्३५ बजेको समयमा भरतपुर – २९ स्थिति नारायणगड ( मुग्लिङ सडक खण्डको चौधकिलोमा उक्त दुर्घटना भएको हो।

नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको रा१८ ख२२३६ नं.को बस र बिपरीत दिशाबाट आउदै गरेको ना६ ख ४९४२ नं.को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार ११ जना घाईते भएका हुन। घाइतेको पुरानो मेडिकल कलेजमा सामान्य अबस्थामा उपचार भइरहेको छ।

बस चालकको खुट्टा च्यापिएकोले निकाल्ने कार्य भई रहेको प्रहरीले जनाएको छ । हाल बाटो पुर्णरुपमा अबरुद्ध भएको छ।

  • प्रकाशित मिति : साउन ९, २०८०, मंगलवार ०९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८