• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

थुनामा रहेका खाँणको प्रतिरक्षा किन गर्दैछ कांग्रेस !

  • खबरदाता

थुनामा रहेका खाँणको प्रतिरक्षा किन गर्दैछ कांग्रेस !

साउन  ६, २०८०

 

पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी हुन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । यही प्रकरणमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

तर, खाँण पुर्पक्षका लागि थुनामा रहँदा पनि कांग्रेसले निलम्बन गर्न सकेको छैन । मिडियामा कानुनी राज्यको वकालत गर्ने कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि केन्द्रीय समिति बैठकमा यसबारे चुप छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गरिदिएपछि उनीहरु हच्किएका छन् ।यस्तो अवस्थामा कांग्रेसका केही नेताहरु पनि खाँणको प्रतिरक्षामा लागेका छन् । कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिडेको भन्दै पार्टीका नेताहरुको आलोचना गरे । सर्वोच्चले दोषी ठहर गरेका रेशम चौधरीलाई आम माफी दिएको उल्लेख गर्दै उनले किनारा नलागेको मुद्दामा आफ्नै नेताहरु न्यायालय र न्यायाधीश भएको बताए ।

‘सर्वोच्च अदालतले दोषी ठहर गरेकालाई आम माफीले चोख्याउन मिल्ने रु अदालतमा विचाराधीन रहेका मुद्दाहरुलाई किनारा नलाग्दै आफैँन्यायालय र न्यायाधीश बनेर भैलो गाउँदै हिड्ने रु’ केसीले भने ।नेता गोपालमान श्रेष्ठले त खाँणलाई पुर्पक्षसम्म पुग्न रोक्न सकिनेमा किन रोकिएन भनेर प्रश्न गरे । ‘एउटा साथी पुर्पक्षमा थुनामा छ । त्यहाँ पुग्न पनि रोक्न सकिन्थ्यो होला त्यो किन रोकिएन रु त्यो साथीको बारेमा गल्ति गरेको नगरेको निर्णय आएकै छैन । पुर्पक्षमा जसलाई पनि राख्न सकिन्छ,’ उनले भने ।पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले अदालते दोषी ठहर नगर्दै दोषी ठहर गर्ने कांग्रेस कुन सर्वोच्च अदालत हो भनेर प्रश्न गरे ।

केन्द्रीय सदीय जितजंग बस्नेतले आफ्नो पार्टीका नेताको नाम आउँदा गृहमन्त्रीकोमा जाने अहिले अरू पार्टीको नेताको नाम आउँदा नजाने भनेर कांग्रेस नेताप्रति टिप्पणी गरे ।

  • प्रकाशित मिति : साउन ६, २०८०, शनिवार ०६:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८