• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

धरानमा गोली हानी २८ वर्षीय युवकको हत्या

  • खबरदाता

धरानमा गोली हानी २८ वर्षीय युवकको हत्या

साउन ५,२०८०

 

सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : साउन ५, २०८०, शुक्रवार २०:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८