• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सय किलो सुन छुटाउने बिमानस्थल प्रहरी र भन्सार कर्मचारी माथि सिआइबिले छानबिन गर्ला ?

  • खबरदाता

सय किलो सुन छुटाउने बिमानस्थल प्रहरी र भन्सार कर्मचारी माथि सिआइबिले छानबिन गर्ला ?

श्रावण ५,२०८०

 

राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा दुई जना कार्गो सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ ।

विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरेको थियो । विमानस्थलको गेट पास गरेर ट्याक्सीमा लग्दै गर्दा विभागको टोलीले सुन बरामद गरेको थियो ।तर, यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरी नेतृत्व र त्यहाँको भन्सार नेतृत्वलाई चोखो छाडिएको छ ।

पहिलो कुरा त वैदेशिक रोजगारीमा गएका नेपालीले फर्किँदा दुई थान मोबाइल ल्याउदा पनि पक्रने भन्सार र सुरक्षाकर्मीको सेटिङ विनै १०० किलो सुन भन्सार पास कसरी भयो रु मोटरसाइकलको ब्रेक सुल भनी जाँचपास गरिएको थियो कि त्यतिकै पठाएको थियो रुयो प्रकरणमा भन्सार विभागले सुन आउँदा विमानस्थल भन्सारको ड्यूटीमा रहेका तीन जनालाई कारबाही प्रक्रिया अघि बढाइसकेको छ। एक जना नायब सुब्बा र भन्सार अजेन्टलाई निलम्बन गरेको छ भने भन्सार अधिकृतलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरेको छ।

भन्सार विभागले प्रकरणको छानबिनका लागि अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । तर, यो प्रर्याप्त छैन । भन्सार छलीको प्रकरण राजस्व अनुसन्धान विभागले हेर्ला । तर, यो प्रकरणमा कुन तहसम्मको सेटिङ छ भनेर अनुसन्धानको अधिकार सिआइबीलाई दिनुपर्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणमा सिआइबीको अनुसन्धान अब्बल छ, अब गृहमन्त्री नारायणकाजी श्रेष्ठले १०० किलो सुन प्रकरणको विस्तृत अनुसन्धानको जिम्मा सिआइबीलाई दिएर तस्करीको जालो तोड्नुपर्छ ।

  • प्रकाशित मिति : साउन ५, २०८०, शुक्रवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८