• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गाँजा बोकेको ग्यास बुलेट सहित लोथरबाट २ जना पक्राउ

  • खबरदाता

गाँजा बोकेको ग्यास बुलेट सहित लोथरबाट २ जना पक्राउ

साउन ३,२०८०

 

चितवन – गाँजा बोकेको ग्यास बुलेट सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले जनाए अनुसार बुधबार दिउँसो १:३० बजेको समयमा चितवन राप्ती – १ लोथर नजिक पर्साबाट पुर्ब तर्फ जाँदै गरेको एमएच ४८ एवाइ ४७०९ नम्बरको भारतिय ग्यास बुलेट र चालक झारखण्ड भारतका ३५ बर्षको मनोज कुमार पासवान र सह चालक मनहरी ७ का बर्ष ४५ का राजु वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चेकजाँच गर्ने क्रममा उक्त गाडिको अगाडिको भागको सिटमुनि र टुलबक्समा लुकाई छिपाई ल्याएको ९११ पोका० ७० केजी फेला परेको थियो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : साउन ३, २०८०, बुधवार १४:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८